बैतडी –नेपाल ट्रेड युनियन कांग्रेस बैतडीको प्रथम जिल्ला परिषद पाटनमा सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन कांंग्रेस बैतडीका अध्यक्ष वसन्तप्रकाश बिष्टको अध्यक्षतामा भएको परिषदमा नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए ।
परिषदमा नेपाली कांग्रेस बैतडीको कोषाध्यक्ष चक्रबहादुर चन्द,जिल्ला कार्यसमिति सदस्य करनसिंह कठायत, पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, प्रदेशसभा क्षेत्र नं १ का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, नगरकार्यसमितिका पदाधिकारी, नेपाली कांग्रेसका नेता, ट्रेड युनियनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
परिषदले ट्रेड युनियन कांग्रेसको संगठन सुदृढीकरण गर्ने, १० ओटै स्थानीयमा तहमा समितिलाई पूर्णता दिने, ट्रेड युनियनका विभागहरु गठन गर्ने, ट्रेड युनियन कांग्रेस बैतडीको भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष बिष्टले बताए ।
यस्तै नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन समेत ट्रेड युनियनले भूमिका खेल्ने निर्णय गरेको छ ।