Sagun Khabar
बैतडीका गायक केशव भट्ट सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित

बैतडी –बैतडी घर भएका गायक केशव भट्ट राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित भएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ दिकथला घर भएका गायक तथा सर्जक भट्ट सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१बाट सम्मानित भएका हुन् । सानै उमेरबाट गीत संगीतमा रुचि राख्ने भट्टले दर्जनौं गीतमा सर्जकको भूमिका निर्वाह गरिसकेका छन् । दर्जनौ गित र गायनमा सर्जकको भूमिका निर्वाह गरिसकेका छन ।

Atrya hospital

‘निम्तो दिए’बोलको देउडा गीतबाट भट्टलाई सम्मानित गरिएको हो । गायक भानुभक्त जोशी र भट्टको सयुंक्त शब्द सिर्जना तथा भट्टकै लय रहेको  उक्त  गीतमा गायिका  पुष्पा बोहरा र भट्टकै आवाज छ ।

उनलाई गायन पुरुष तर्फको सर्वोत्कृष्ट भाषाभाषी अवार्डबाट  सम्मानित गरिएको हो ।

उत्कृष्ट ५ जना भित्र परेका गायक भट्ट भोटद्वारा अवार्ड जित्न सफल भएका हुन् । तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’बाट सम्मानित हुँदा खुसी लागेको र गीत संगीतको क्षेत्रमा लाग्ने थप प्रेरणा मिलेको भट्टले बताए । 
पछिल्लो समयमा गीत संगीतका साथै सञ्चारकर्ममा समेत आवद्ध भट्टले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । 

‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ धनगढीमा सम्पन्न गरिएको हो । 

मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नका कार्यक्रमको आयोजना गरिएको सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताए ।

सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा बरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्रराज रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान, भुवन दाहाल (दशक गायन सम्मान), संगीता शाह (दशक गायिका सम्मान), नरबहादुर शाह (निर्मल) (लाइभ देउडा सम्मान), दिपक उपाध्याय (समाजसेवी सम्मान), तिर्थराज पन्त (युवा समाजसेवी सम्मान), भरतबिक्रम शाह (पर्यटन प्रवद्र्धन सम्मान), भुवनप्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update