कैलाली –जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार थारूले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारू, कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
भुल कैलारी गाउँपालिका– २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् । एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन् । कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २३ पुस २०७९ मा निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।