बैतडी–बैतडीको पाटन नगरपालिका–७ घर भई रोजगारीको सिलसिलामा बाहिर रहेका युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् ।
अनलाइन माध्यमबाट पार्टीको सदस्यता लिएका करीब तीन दर्जन युवाहरुलाई पार्टीमा भित्र्याएको रास्वपाका पाटन सभापति हेमन्त ऐरले जानकारी दिए ।
अनलाइनबाट पार्टीको सदस्यता लिएकाहरुको सदस्यता प्रमाणीकरण गरेर उनीहरुलाई पार्टीमा भित्र्याएको सभापति ऐरले बताए ।
रोजगारीको सिलसिलामा बाहिर रहेका र पार्टीमा आवद्ध हुन चाहनेहरुलाई पार्टीमा आवद्ध गराएको सभापति ऐरले बताए । पाटन नगरपालिकाभित्रका करीब दुई सय जनाले अनलाइनबाटै सदस्यता लिएको उनले बताए ।
पार्टीको संगठन विस्तार अभियान अन्तर्गत अन्तर्गत अनलाइनबाट समेत सदस्यता प्रदान गर्ने गरिएको सभापति ऐरले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१ १६:२५
प्रतिक्रिया दिनुहोस्