काठमाणडौ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीका केन्द्रका नेता सुदन किराँतीले बताएका छन । भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको अन्तिम संस्कार कहाँ र कहिले गर्ने भन्नेबारे भने निर्णय हुन बाँकी रहेको नेता किराँतीले बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका राईको निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ ०९:१९
प्रतिक्रिया दिनुहोस्