बैतडी- बैतडीमा पनि लैंगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको हो । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ ।
बैतडीमा अभियानको अवसरमा आज प्रभातफेरीको आयोजना गरिएको दशरथचन्द नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् । दशरथचन्द नगरपालिका र विभिन्न साझेदार संस्थाहरुको सहयोगमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । प्रभातफेरीमा दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्कर राज जोशी लगायतको सहभागिता रहेको थियो ।
१६ दिन सम्म नगर भित्रका केहि बिद्यालयमा अभिमुखीकरण तथा विभिन्न कार्यक्रमको आयोजना गरेर अभियान मनाइने शाखा प्रमुख कुँवरले बताइन् । प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख तथा बिभिन्न कार्यालय प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।