बैतडी- बैतडीको शिखरपुर स्वास्थ्य चौकीमा एक दिने दन्त शिविर सम्पन्न भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर –७ मा रहेको शिखरपुर स्वास्थ्य चौकीमा एक दिने दन्त शिविर आज सम्पन्न भएको स्वास्थ्य चौकीका प्रमुख बिर बहादुर बोहराले बताए ।
सुर्नया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भईरहेको एक दिने दन्त शिविरमा आज ३६ जनाले सेवालिएको बोहराले बताए । पालिका भित्र रहेका जेष्ठ नागरिक, अपाङ्ग,तथा आर्थीक समस्यामा परेका नागरिकहरुकालगाी राहत पुग्ने उद्देश्य सहित एक दिने दन्त शिविरको आयोजना गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम सिह महराले बताए ।
दाँतको समस्या भएकाहरुको दातँ निकाल्ने तथा बढि समस्या भएकाहरुलाई सुझाव तथा परामर्श दिने कार्य भईरहेको शाखा प्रमुख महराले बताए । सुर्नया गाउँपालिकाले ५ वटा ठाउँमा एकदिने दन्त शिविर सञ्चालन गर्ने जनाएको छ ।