Sagun Khabar
बैतडीको श्रीकोट बहुमुखी क्याम्पसले सिपमुलक तालिम सञ्चालन गर्ने
Atrya hospital

बैतडी- बैतडीको श्रीकोट बहुमुखी क्याम्पसले सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ ।  दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसले यही मंसिर १७ गतेदेखि ३० दिने सिपमुलक तालिम सुरु गर्ने भएको हो ।

क्याम्पसको गैह्र के्रडिट पाठ्यक्रम अन्तरगत बाँस, निगालोको सामाग्री निर्माण सम्बन्धीको एक महिने तालिम सञ्चालन हुन गइरहेको क्याम्पस प्रमुख दान सिंह कार्कीले जानकारी दिए ।

तालिममा सहभागित जनाउन इच्छुक विद्यार्थी तथा अन्य  सहभागिहरुले मंसिर १५ गते (भोली) सम्म क्याम्पस प्रशासनमा नाम दर्ता गरिसक्नु पर्ने छ । यस तालिमबाट स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थको उपयोगगरी आर्थिक उपार्जनका काम गर्न सकिने भएकाले युवाहरुका लागि उपलब्धिमुलक हुने क्याम्पस प्रमुख दान सिंह कार्कीले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update