Sagun Khabar
नेपाली कांग्रेस बैतडीको सय दिने अभियान जारी

बैतडी-  बैतडीमा नेपाली कांग्रेसको एक सय दिने विषेश अभियान जारी रहेको छ । पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापती बिर बहादुर बिष्टले बताए ।

असोज १ गतेबाट सुरु भएको सांगठनिक विशेष अभियान भोलीदेखि सुर्नया गाउँपालिकामा सुभारम्भ हुन लागेको हो । शनिबार सुर्नया गाउँपालिका वडा नं १,२, ३ र ४ को सयुक्त कार्यक्रम वडा नं ३ स्थित देउरुखमा सञ्चालन हुने बिष्टले बताए ।

Atrya hospital

पार्टीका आन्तरिक क्रियाशील सदस्यस्यताका विषयमा काम हुने छन् भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको समन्वय बढाउनको लागि कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । यसैगरी समसामयिक राजनितिक एजेण्डाहरुमाथि पनि पालिका र जिल्लास्तरमा वृहत छलफल हुने कार्यबाहक सभापति बिष्टले बताए ।

आज दशरथचन्द नगरपालिका वडा न २ देहिमाण्डौमा कार्यक्रम सम्पन्न भई भोली देखि दुई दिन सुर्नया गाउँपालिकामा, मंसिर १७ देखि दुई दिन पाटन नगरपालिकामा र मंसिर १९ गते मेलौलीमा अभियान सञ्चालन हुने जनाएको छ ।

केन्दीय प्रतिनिधिले जिल्लामा रहेका भातृ र शुभेच्छुक संघसंस्थाहरुसंग अन्तरक्रिया गरेर सांगठनिक अवस्था,समस्या,चुनौती लगायतका विषयमा पनि छलफल गर्नुभएको छ । पहिलो चरणको अभियान दशरथचन्द नगरपालिकाबाट शुरु भएको र मेलौली नगरपालिका पुगेर सम्पन्न हुनेछ । अभियानका लागि प्रतिनिधिका रुपमा नेपाली कांग्रेस केन्द्रिय समितिले बैतडीमा केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पालाई खटाएको छ ।

पहिलो चरण सम्पन्नपश्चात केन्द्रिय प्रतिनिधिसंगको आवश्यक परामर्श र छलफलपछि दोस्रो चरणको मिति तोकिने कार्यबाहक सभापति विष्टले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update