Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिका ३ गोयली टोलमा भायनेटको  5G सेवा सुचारु

बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा न ३ गोयली टोलमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले 5G सेवा सुचारु गरेको छ । शुक्रबार गोयली टोलमा ६८ वर्षका तारा दत्त भट्टले भायनेटको 5G सेवा उद्घाटन गरेका हुन । 
इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले अप्टिकल फाइबरमार्फत बैतडीका ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्न थालेको छ । 

शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा समेत अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार भइरहेको भायनेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए । स्थानीयहरुको माग अनुसार उनीहरुको घरमा इन्टरनेट जडान गरिएको हो ।

Atrya hospital

ग्रामीण बस्तीमा अप्टिकल फाइबरमार्फत इन्टरनेट जडान भएपछि सहज भएको स्थानीयहरुले बताए छन् । सूचना र प्रविधिको युगमा ग्रामीण क्षेत्रमा समेत इन्टरनेटको पहुँच भएपछि खुसी लागेको तारा दत्त भट्टले बताए । भायनेटले बैतडीका बजार क्षेत्रहरुमा यसअघि नै फाइबरबाट इन्टरनेट सेवा विस्तार गरिसकेको छ । 

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा दिँदै आएको भायनेट आइ. एस. ओ. प्रामाणिक कम्पनी समेत रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update