बैतडी - बैतडीमा नेकपा माओवादी केन्द्रले वडा सम्मेलनलाई निरन्तरता दिएको छ ।
नेकपा माओवादी केन्द्र बैतडीले जिल्लाभर वडाहरुमा सम्मेलनहरुलाई निरन्तरता दिइरहेको हो । जस अन्तर्गत आईतबार जिल्लाको पाटन नगरपालिका–३ गुजरमा वडा सम्मेलन सम्पन्न गरेर पाटन नगरपालिका भित्रका वडाहरुमा वडा सम्मेलन सुरु गरेको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला संयोजक शंकर भण्डारी बताए ।
आइतबार पाटन नगरपालिका वडा नम्बर ३ मा गरेको सम्मेलनबाट ने क पा माओवादी वडा कमिटिको अध्यक्षमा मानसिँह बिष्ट निर्वाचीत भएका छन । बिष्टको अध्यक्षतामा २५ सदस्यीय कमिटी निर्वाचीत भएको छ । यस्तै सोमबार नेकपा माओवादी केन्द्र पाटन नगरपालिका-२ को अध्यक्षमा किसनराम कोली निर्वाचित भएका छन् । शोमबार मलोडामा सम्पन्न वडा सम्मेलनले कोलीलाई अध्यक्षमा निर्वाचित गरेको नेकपा माओवादी केन्द्र बैतडी जिल्ला संयोजक भण्डारी बताए ।
सोमबार नै नेकपा माओवादी केन्द्रले पाटन नगरपालिकाको वडा नम्बर ५ र ८ मा समेत वडा सम्मेलन सम्पन्न गरेको नगर कमिटीले जनाएको छ । नेकपा माओवादी केन्द्रले दोगडाकेदार गाउँपालिका केही वडामा सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनको क्रम सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा जारी रहेको प्रदेश कमिटि सदस्य धर्मसिह ऐर (कपिल) ले बताएका छन ।