Sagun Khabar
सय दिने बिशेष अभियानमा बैतडी कांग्रेस 

बैतडी–नेपाली कांग्रेस बैतडीले केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा सय दिने बिशेष अभियानलाई सञ्चालनमा ल्याएको छ । नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, कांग्रेसको विधानका बिषयमा तल्लो तहमा जानकारी गराउने, महासमिति बैठकले पारित गरेका निर्णयका बारेमा जानकारी दिनका लागि अभियान सञ्चालनमा रहेको कांग्रेस बैतडीका कार्यवाहक सभापति बिरबहादुर बिष्टले बताए । 

अभियानका लागि कांग्रेस केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आंगेलु शेर्पा बैतडीमा रहेका छन् । शेर्पाकै उपस्थितीमा पालिकास्तरीय अभिमुखीकरण र अन्तरक्रिया सञ्चालन भइरहेको कार्यवाहक सभापति बिष्टले बताए । 

Atrya hospital

नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउने, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गर्ने, पार्टीमा आउन चाहनेहरुलाई संगठित गर्ने, पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुलाई चलायनमान बनाउन अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको कार्यवाहक सभापति बिष्टले बताए । 

अभियान अन्तर्गत अहिलेसम्म दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन भएका छन् । पालिकास्तरको अभियानपछि वडास्तरीय अभियान सञ्चालन हुने बताइएको छ । 

पालिकास्तरको अभियानका लागि १० ओटै पालिकामा संयोजक खटाइएका छन् भने वडास्तरका लागि संयोजक तोक्ने तयारी भएको कार्यवाहक सभापति बिष्टले बताए । 

स्थानीयस्तरमा रहेका समस्याहरुलाई समेत अभियानका दौरान संकलन गरिने र ती समस्या समाधानका लागि आवश्यक पहल गरिने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update