कैलाली –कैलालीमा कपडाको गोदाममा आगलागी हुँदा ८० लाखको क्षति भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनियामा द्वारिकाप्रसाद धमालाको घरमा रहेको कपडाको गोदाममा आगलागी हुँदा क्षति भएको प्रहरीले जनाएको छ । गोदाम भित्र रहेको कपडा तथा इलेक्ट्रिक लगायतका सामान गरि अन्दाजी मुल्य ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।
उक्त आगलागीको धुँवाबाट निस्सासिएका धरधनी ८२ बर्षीया मुक्तिप्रसाद धमलाको खापर पोलिक्लिनिक बौनियामा उपचार भइरहेको छ । यस्तै आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएका ३९ बर्षीय टेकराज जोशी र प्रहरी जवान टंकध्वज मगरको बर्दगोरिया अस्पतालमा उपचार भएरहेको छ ।
उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।