Sagun Khabar
एनपीएल : गौसको शतकमा पोखराको पहिलो जित, लुम्बिनी १० विकेटले पराजित 

काठमाण्डौं –आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।

गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पूरा ग¥यो । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो । गौस एनपीएलमा पहिलो शतक हान्ने खेलाडी बनेका छन् । 

Atrya hospital

एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बने उनी । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५५ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाएका हुन् । उनले अविजित १०४ रन जोडे ।

यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीमा पनि आफ्नो नाम दर्ज गरे । उनले २० बलमै ५ चौका  र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।

एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी हो भने समग्रमा तेस्रो शतकीय साझेदारी हो । यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्सविरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र  हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।

गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update