कैलाली – कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ ।
कैलालीबाट २ लाख ८२ हजार र कञ्चनपुरबाट ३ लाख ८ हजार १ सय मूल्य बराबरका भन्सार छलीको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जर, जिमुवा, भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र पुनर्वास नगरपालिका–७ “च” गाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ८ हजार १ सय बराबरको सामान बरामद गरिएको हो ।
अवैध रुपमा भन्सार छलेर ल्याएका सामग्री बरामद गरेर सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्