Sagun Khabar
धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली लगियो 
Atrya hospital

कैलाली –धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । यस्तो समस्या देखा परेपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । 

माया मेट्रो अस्पताल धनगढीमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको दिल्ली लगिएको पारिवारिक स्रोतले जनाएको छ । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update