बैतडी –बैतडीको सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय मावि ग्वानीको ६३ औं बार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ शनिबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयमा प्रधानाध्यापक धीरबहादुर बिष्टले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।
कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयमा ३ सय जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक बिष्टले बताए ।
बार्षिकोत्सव समारोहमा बोल्दै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले पालिकाभित्रका विद्यालयहरुको विकासमा सक्दो सहयोग गर्ने बताए । शैक्षिक क्षेत्रको विकासले मात्रै समाज सुधार हुने भएकाले यसका लागि सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर बिष्टले विद्यालय सुधारका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।