बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा शनिबार (आज) सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष प्रजापति महराको अध्यक्षतामा भएको साधारण सभामा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । उक्त साधारण सभामा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट, वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, कार्यपालिका सदस्य कलावती ऐर, सहकारी संस्थाका शेयर सदस्य र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
साधारण सभामा संस्था व्यवस्थापक रामसिंह महराले ३० लाख ११ हजार ६ सय बराबरको शेयर पूँजी, ४ करोड ४ लाख ६४हजार ९ सय ४९ रुपैयाँ बचत रकम र ५ करोड ११ लाख ९९ हजार १०७ रुपैयाँ ऋण लगानी रहेको जानकारी गराए ।
सहकारी संस्थाका गतिविधिलाई आगामी दिनमा अझै विस्तार गर्ने योजना रहेको सहकारी संस्थाका अध्यक्ष प्रजापति महराले बताए ।