Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 
Atrya hospital

बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । आइबतार जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डस्थित सडक किनारबाट भारतबाट अवैध रुपमा ल्याइएका ४२ हजार ५१० रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

उक्त स्थानबाट दैनिक उपभोग्यका सामग्री, चिनी, मिश्री लगायतका सामग्री बरामद गरिएको हो । प्रहरीचौकी बाराकोटबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री बरामद गरी इलाका प्रहरी कार्यालय झुलाघाटमा राखिएको छ । 

उक्त सामग्रीलाई आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक ढुंगानाले बताए । 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update