Sagun Khabar
बैतडीमा चट्याङ लागेर दुईजना घाइते, दुई पशुचौपाया मरे 

बैतडी –बैतडीमा चट्याङ लागेर दुईजना घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका–७ किम्तोलीमा सोमबार बिहान पौने ९ बजेतिर परेको चट्याङ लागेर स्थानीय २५ बर्षीया निर्मला चन्द र १२ बर्षीया अनिता भट्ट घाइते भएका हुन् । 

स्थानीय डम्मरदत्त भट्टको घर नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको र उक्त चट्याङ लागेर दुवैजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । 

Atrya hospital

चट्याङ लागेर घाइते भएकी चन्दको घाँटी नजिक जलेको छ भने भट्टको पनि शरीरमा चोट रहेको स्थानीय मोहन बोहराले बताए । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको बोहराले बताए । 

चट्याङ लागेर स्थानीय जनकबहादुर चन्दले पालेको एक भैंसी मरेको छ भने दिपक दमाईले पालेको एक गोरु पनि मरेको छ । 

यस्तै चट्याङले स्थानीय डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनकबहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट हुनुका साथै विद्युत मिटर समेत जलेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update