बैतडी–बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यो बर्ष पहिलो पटक हिउँदे बर्षा भएको छ । बर्षासंगै उच्च लेकाली क्षेत्रहरुमा हिमपात भएको छ ।
बैतडीको सिगास, श्रीभावर, सतबाँझ, खोड्पे लगायतका उच्च स्थानमा हिमपात भएको हो । यस्तै दार्चुलाका हिमाली क्षेत्रमा पनि हिमपात भएको स्थानीयहरुले बताएका छन् ।
डडेल्धुरा,डोटी,बझाङ,बाजुरा, अछामका उच्च क्षेत्रमा हिमपात भएको बताइएको छ ।
बर्षा र हिमपातसंगै चिसो बढेकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको समयमा वर्षा र हिमपात भएपछि किसानहरु खुसी भएका हुन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्