Sagun Khabar
बैतडीको मेलौली बसपार्क निर्माण कार्य शुरु, अवैध संरचना हटाउन नगरपालिकाको आग्रह 

बैतडी –बैतडीको मेलौलीमा बसपार्क निर्माण कार्य शुरु गरिएको छ । बसपार्क निर्माण कार्य शुरु भएसंगै कित्ता नं.५१ मा पर्ने संरचना हटाउन मेलौली नगरपालिकाले आग्रह गरेको छ । 

नगर कार्यपालिकाको निर्णय अनुसार ३० दिनभित्र अर्थात पौष २३ गतेसम्म संरचना हटाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै कित्ता नं. ५१ मा पर्ने सम्पूर्ण घर, टहरा तथा संरचनाहरु हटाउन आग्रह गरेको हो । 

Atrya hospital

यही मंसिर ११ गते बसेको नगरकार्यपालिकाको बैठकले ३० दिनको म्याद राखेर सार्वजनिक जमीनमा निर्माण गरिएका संरचना हटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नगरपालिकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 

नगरपालिकाले भनेको समयभित्र संरचना नहटाए कानुन अनुसार नगरपालिका अघि बढ्ने समेत सूचनामा उल्लेख गरिएको छ । 

MN-1733798203.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update