Sagun Khabar
बैतडीको सुर्नयामा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा मंगलबार माविस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । 

‘लैङ्गिक हिंसा न्यनूीकरणमा विद्यालयको भूमिका’बिषयक वक्तृत्वकला प्रतियोगितामा पालिकाभित्रका १० ओटा माध्यमिक विद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको थियो । 

उक्त प्रतियोगितामा शंकर संस्कृत माविकी छात्रा विजया अवस्थी प्रथम, वासुदेव मावि लिस्किटाकी छात्रा लक्ष्मी टेलर द्वितीय, रौलेश्वर मावि रामकी बरायलकी छात्रा सृजना बिष्ट तृतीय र भुवनेश्वर मावि गोयलीका छात्रा मानमती भट्टले सान्त्वना स्थान प्राप्त गरिन् । 

Atrya hospital

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजारसहित प्रमाण पत्र, दोश्रो हुनेलाई नगद तीन हजार पाँचसयसहित प्रमाणपत्र, तेश्रो हुनेलाई नगद दुई हजार पाँचसय सहित प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद १ हजार पाँचसय सहित प्रमाण पत्र प्रदान गरिएको छ । 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रत्येक वडाहरुमा अन्तरक्रियात्मक छलफलपछि माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहराले बताइन् । लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिकलाई सचेत गराउन अभियान अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 

मंगलबार एक कार्यक्रमको आयोजना गरेर १६ दिने अभियानको समापन गरिएको थियो । सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक केशव बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । 

यस्तै कार्यक्रममा उपाध्यक्ष मञ्जु बोहरा, गाउँपालिका प्रवक्ता प्रतापसिंह महरा र वडा अध्यक्षहरु बिशिष्ट अतिथी रहेका थिए । 

अभियान अन्तर्गत आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका विजेता छात्रछात्राहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे । 

Bijaya-1-1733883390.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update