बैतडी- बैतडी घर भएका देउडा गायक जेआर भट्टको नयाँ देउडा गीत बजारमा आएको छ । देउडा गायक जेआरले बैतडीको सुर्नया गाउँपालिकामा रहेको धार्मीक तथा पर्यटकीय स्थलहरु समेटेर तयार पारेको ‘बाशुलिङ्ग झौँला’ नामक देउडा गीत बजारमा आएको हो । बिनोद प्रशाद भट्ट र महेन्द्र प्रशाद भट्टको बिषेश सहयोगमा गीत बिहिबार उनकै यूटूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
आफ्नै शब्द सिर्जनामा रहेको यो गीतमा गायक जेआर भट्ट र गायीका गौरी भट्टको आवाज रहेको छ भने म्युजिक बैकं स्टुडियोबाट कृष्ण पुनले एरेन्ज र मिक्सिङ गरेको यो गीतको भिडियोमा रमेश बिजुली बिसी र जेआरले निर्देशन गरेका हुन् । यस्तै अमृत उपाध्यायले छायाँकन र सफल मोसन पिक्र्चसले सम्पादन गरेको यो गीतमा जेआर भट्ट र अनु खडकाको अभिनय रहेको छ । गीतमा संगीत भने भानुभक्त जोसीको रहेको छ ।
यो गीतले धार्मीक तथा पर्यटीय क्षेत्रहरुको प्रचार प्रसारमा भूमीका खेल्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको देउडा संस्कृतिको जर्गेना गर्ने उदेश्यले देउडा गायक जेआर दर्शक स्रोता माझ एक पछि अर्काे प्रस्तुति पस्कि रहेका छन् ।
कलाकार जेआर देउडाको माध्यमबाट सुदूरको भाषा, कला, संस्कृति र यहाँका पर्यटीय स्थलहरुलाई विश्वसामु चिनाउन लागि परेका हुन् । प्रत्यक्ष देउडा खेलबाट भाइरल भएका जेआर अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् ।
गीतको लागी https://www.youtube.com/watch?v=wxQfulrZXLE मा क्लीक गर्नुहोला !