बैतडी- बैतडीको दोगडाकेदार गाँउपालिकामा आजदेखि आँखा शिबिर सुरु भएको छ । नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पताल र दोगडाकेदार गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भएको हो । शिबिरमा आज २६७ जनाले सेवालिएका छन् । जसमा १२३ जना पुरुष र १४४ जना महिला गरी जम्मा २६७ जनाले सेवा लिएको शिविर संयोजक नरेन्द्रराज बिष्टले बताए ।
२६७ जनामध्ये आज शिविरमा ७० जनाको मोतीबिन्दुको शल्यक्रिया गरीएको छ । आज देखि सुरुभएको शिविर भोली सम्म गरि दुईदिन शिविर सञ्चलन हुने वाह्य कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्टले बताए । दोगडाकेदार गाउँपालिकामा रहेको सनातनधर्म माबि श्रीकोटमा शिबिर सञ्चालन भएको छ भने यहि मंसिर ३० र पौस १ गते गरी दुईदिन आखाँ उपचार केन्द्र पाटनमा सञ्चालन हुने भट्टले बताए ।
शिविरमा मोतीबिन्दु लगायत आखाँका रोगीहरुको लागी निशुल्क अप्रेशन गरिनुका सथै निशुल्क औषधि समेत बितरण हुने बताईएको छ । शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दुको समस्या भएका बिरामीहरूको शल्यक्रिया द्धारा निःशुल्क उपचार तथा सुफथ मुल्यमा चस्मा समेत उपलब्ध गराईने बताईएको छ । शिविर बिहान ९ बजेदेखि सुरुभएकोे वाह्य कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्टले बताए ।