Sagun Khabar
बैतडीको सुर्नयाले ओखर र स्याउका बिरुवा अनुदानमा उपलब्ध गराउने 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले अनुदानमा ओखर र स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । संघीय सशर्त कार्यक्रम अन्तर्गत ओखर र स्याउको बगैँचा स्थापना गर्न चाहने किसानहरुलाई अनुदानमा बोटबिरुवा उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए । 

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ओखर र स्याउको बगैँचा स्थापना गर्न चाहने किसान, कृषि फर्म, समूह र कृषि सहकारीहरुलाई पौष १९ गतेभित्र सम्बन्धित वडामा मागसहितको निवेदन पेश गर्न आग्रह गरिएको छ । 

Atrya hospital

किसानहरुलाई ५० प्रतिशत अनुदानमा बोटबिरुवा उपलब्ध गराउने तयारी गरिएको हो । खाडल र मलखादमा कृषकको ५० प्रतिशत साझेदारीको रुपमा मूल्यांकन गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 

ओखर र स्याउको बगैँचा स्थापना गर्न चाहनेहरुले आवश्यक बोट संख्या समेत खुलाएर निवेदन दिनुपर्ने बताइएको छ । 

निवेदनका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लालपूर्जाको प्रतिलिपि, फर्म,समूह, सहकारी दर्ताको प्रमाण पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि र करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

ओखर र स्याउ रोप्नका लागि १ घनमिटरको खाडल तयार पार्नुपर्ने हुन्छ भने ओखरका लागि १० मिटर र स्याउका लागि ६ मिटर बोटदेखि बोटको दुरी कायम गर्नुपर्ने कृषि प्राविधिकहरुले बताए । 

सुर्नयामा ओखर र स्याउ खेतीको सम्भावना रहेकाले ओखर र स्याउको बिरुवाका लागि निवेदन पेश गर्न सूचनामार्फत आह्वान गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

okhar-1734694779.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update