Sagun Khabar
खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मृत्यु
Atrya hospital

काठमाण्डौ – तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार रविना र सुस्मिता हिजो शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए ।

बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । उनीहरुको शव आज परिवारलाई बुझाउने तयारी छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update