बाजुरा – बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –५ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण संकलन भएको छ । ५ दशमलव २ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण संकलन गरिएको थियो ।
क्षति पुगेका घरको संकलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पु¥याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको संख्या एक सय २३ रहेको बताए ।
बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पु¥याउने काम शुरु भएको छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला आधारभूत विद्यालयको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।