Sagun Khabar
‘छमछमी तीज’ कार्यक्रमका बिजेतालाई उपहार प्रदान 

बैतडी–रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जले हरितालिका तीजको अवसरमा सञ्चालन गरेको ‘छमछमी तीज’कार्यक्रमका बिजेतालाई उपहार प्रदान गरिएको छ । 

बैतडीको गोठलापानीस्थित न्यू धरम सुनचाँदी गहना पसलको प्रायोजनमा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत बिजेतालाई उपहार प्रदान गरिएको हो । 

Atrya hospital

एक महिना सम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागी भएकामध्ये डडेल्धुराको अजयमेरुकी जानकी चन्द विजेता बनेकी थिइन् । उनलाई न्यू धरम सुनचाँदी गहना पसलका तर्फबाट सुनको लकेट प्रदान गरिएको हो । यस्तै रेडियो निङ्गलाशैनीका तर्फबाट चन्दलाई सम्मान पत्र प्रदान गरिएको छ ।  

आइतबार न्यू धरम सुनचाँदी गहना पसलका सञ्चालक दीप पौडेलले चन्दका आफन्त इन्द्रदेव बडूलाई सुनको लकेट र प्रमाण पत्र प्रदान गरेका थिए । यस्ता कार्यक्रममार्फत सहयोग गर्न पाएकोमा पौडेलले खुशी व्यक्त गरे । 
ग्राहकहरुको सेवामा सदैव आफू लागिरहेको बताउँदै पौडेलले न्यू धरम सुनचाँदी गहना पसलले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आइरहेको बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update