Sagun Khabar
बैतडीसहित सुदूरपश्चिममा मौसम बदली, उच्च क्षेत्रमा हिमपात 

बैतडी–बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मौसममा बदली भएको छ । सोमबार रातिदेखि सुदूरपहाडका जिल्लाहरुमा हल्का बर्षा भएको स्थानीयहरुले बताएका छन् । 

हल्का बर्षा भएसंगै चिसो बढेको छ । बैतडीका उच्च लेकाली क्षेत्रहरुमा हल्का हिमपात भएको छ । जिल्लाको सिगास, श्रीभावर, ढोल्यामोड,बाचपानी लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

सोमबार राति हल्का बर्षासंगै हिमपात भएको सुर्नया –८ ढोल्यामोडका भानबहादुर बोहराले बताए । हिमपात भएसंगै चिसो बढेको उनले बताए । 

यस्तै दार्चुलाका हिमाली क्षेत्रहरुमा पनि हिमपात भएको छ । मौसममा आएको बदलीसंगै मार्मा, अपिहिमाल, व्याँस लगायतका हिमाली क्षेत्रहरुमा हिमपात भएको स्थानीयहरुले बताएका छन् । 

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । यो समयमा श्वासप्रश्वाससम्बन्धी समस्या बल्झिने भएकाले चिसोबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका हुन् । 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update