Sagun Khabar
बाजुरा भूकम्प : झण्डै सात सय संरचना ध्वस्त, ६ सय २८ भवनमा आंशिक क्षति 

कैलाली –शनिबार बाजुराको गोत्री केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण झण्डै सात सय भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । बाजुरामा निजी र सरकारी गरी छ सय ८४ वटा संरचनामा क्षति पुगेको हो । 

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी छ सय ५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएका छन् । शनिबार बिहान ४ बजेर १४ मिनेटमा जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । 

Atrya hospital

जगन्नाथमा सबैभन्दा बढी दुई सय ८९ वटा घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ । यसै गरी बुढीनन्दा नगरपालिकामा एक सय ३२, हिमाली गाउँपालिकामा एक सय २१, स्वामीकार्तिक गाउँपालिकामा एक सय ४२ भवनमा पूर्ण क्षति भएको जनाइएको छ । 

भूकम्पका कारण छ सय २६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update