Sagun Khabar
दार्चुलामा अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भुकम्पको धक्का

 

बैतडी - दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार राती ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

दार्चुलामा अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भुकम्पको धक्का महसुस भए पनि कुनै  क्षति भने नभएको र जिल्लामा अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

Atrya hospital

यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।  पछिल्लो समयमा सुदूरपश्चिम र कर्णालीमा लगातार रुपमा भूकम्पको धक्का महसुस भइरहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमिल्सिनाले बताए ।पश्चिम क्षेत्रमा जमीन भित्र शक्ति सञ्चय भइरहेको कुरा यसले संकेत गरेको उनले बताए ।

नेपालको पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले ठूलो भूकम्पको जोखिम कायमै रहेको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update