Sagun Khabar
बैतडीमा शिशु मृत्यु प्रकरण : घटनाको ठोस अनुसन्धान गर्ने र ५ लाख बढि क्षतिपुर्ती दिने सहमती, अबरुद्ध सडक खुल्यो

बैतडी- बैतडीमा एक शिशुको शंकास्पद मृत्यु प्रकरणमा सहमती जुटेको छ । जिल्लाको डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको शंकास्पद मृत्यु भएको हो । बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका –३ मा रहेको सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो ।  शिशुको शंकास्पद मृत्यु भएको घटनाका विषयमा ठोस अनुसन्धान गर्ने र उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको छ । डिलासैनी गाउँपालिका वडा नं २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्शको बुधबार शंकास्पद मृत्यु भएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए ।

घटनाको विषयमा सबै पक्षबाट अनुसन्धान गरिने र पालिकाको तर्फबाट उचित क्षतिपुर्ती दिने विषयमा सहमती भएको गाउँपालिका उपाध्यक्ष भगिरथ सिंह बोहराले जानकारी दिए ।  गाउँपालिकाले ५ लाख क्षतिपुर्ती र थप किरिया खर्च उपलब्ध गराउने सहमती जुटेको स्थानीय ध्रुब रानाले बताए । यसैगरी शवको पोष्टमाटम गरी छानबिन गरिने सहमती भएको छ । सहमती जुटेपछि गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड पनि खुलेको छ । मृतक बालकको पोष्टमाटम गर्न शवलाई गोकुलेश्वर अस्पतालतर्फ लगिएको छ ।

Atrya hospital

गाउँपालिकाको तर्फबाट उपाध्यक्ष भगिरथ बोहरा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, वडा नं २ का वडा अध्यक्ष नवराज घरडी  तथा वडा नं ३ का वडा अध्यक्ष रघुबिर बोहरा र आफन्तबीच सहमती जुटेको हो । बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

नियमित खोप कार्यक्रम अन्तरगत आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि जरु आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागि गोकुलेश्वर लगिएको थियो । त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्त ध्रुब रानाले जानकारी दिए ।

त्यसपछि बिहिबार दिउँसोदेखि स्थानीयहरु आन्दोलित बनेका थिए । खोप लगाएपछि बालकको स्वास्थ्यमा समस्या देखिएको र त्यसपछि उक्त घटना घटेको भन्दै दोषीमाथि कारवाही हुनुपर्ने र उचित क्षेतिपुर्ती दिनुपर्ने मागसहित गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध पारेका थिए ।  सहमती जुटेपछि सडकपनि खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान अघि बढेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update