Sagun Khabar
बैतडीका उच्च लेकाली भेगमा तुसारो र चिसोले जनजीवन कष्टकर

बैतडी - बैतडी सहित उच्च पहाडी जिल्लाका लेकाली भेगमा तुसारो पर्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

 

Atrya hospital

तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो । केही दिन यता जिल्लाको माथिल्लो लेकाली भेगमा बाक्लो तुसारो पर्नुका साथै चिसो बढन थालेको स्थानीयहरुले बताउने गरेका छन । तुसारोका कारण चिसोले घाँस दाउरा तथा दैनिक काम गर्न समस्या हुनुका साथै तरकारी बालीमा समेत असर परेको पुर्चौडीका स्थानीय ज्ञान सिँह भण्डारीले बताए ।

पछिल्लो समय बैतडीको सतबाझ सहित लेकाली भेगमा बिहानको समयमा तुसारो संगै जोडो बढन थाले पछि यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई अरु व्याक्ती भन्दा अझ बढी समस्या भएको हुने गरेको पाइएको छ । अहिले यहाँका कतिपय विद्यालयहरूमा पठन पाठन गर्न समेत समस्या आएको मणिलेक मा बि गुरुखोलाका प्रधानाध्यापक केशब दत्त भट्टले बताए ।

बैतडीका उच्च लेकाली क्षेत्रहरु सिगास, श्रीभावर, ढोल्यामोड,बाचपानी , खोडपे, आनरखोली, सतबाझ, मुस्याचोर, कठपते लगायतका माथिल्लो भेगमा तुसारो पर्नुका साथै चिसो अत्यधिक बढेको छ । तुसारोका कारण धारा तथा ट्याङ्कीको पानी समेत जम्न थालेको स्थानीयहरुको भनाइ रहेको छ ।

चिसो बाट बच्न यो समयमा झोलिलो पदार्थमा जोड दिनुपर्ने र तातो पानी, बेसार पानी, दुध, कालो चिया, कागती चिया, कफि तथा केहीमात्रामा दुध चिया खाने र लगातार तातो पानी पिउने तथा वाफ लिने गर्न सकेमा चिसोबाट केहीमात्रामा सुरक्षित हुन सकिने प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए ।

हिउँ पर्नुभन्दा पहिले उच्च लेकाली भेगहरूमा तुसारो पर्ने गर्छ । यो बर्ष तुसारो र चोसो विगतका वर्षहरू भन्दा अत्यधिक  बढेको छ । तुषारो चिसोको बेला रातको तापक्रम धेरै घटेपछी  हावामा रहेको वायु पानी बनेर खस्ने प्रक्रिया हो। धेरै चिसो भएको बेला वायुमा रहेको वाफ कुहिरो मा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ। अहिले तुसारोले खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update