Sagun Khabar
नेपाल राष्ट्रिय शिक्षक संगठन पाटनको अध्यक्षमा भट्ट चयन 

बैतडी –नेपाल राष्ट्रिय शिक्षक संगठन पाटन नगरकमिटिको अध्यक्षमा फेरि गोपालदत्त भट्ट चयन भएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठन पाटन नगर कमिटिको सोमबार सम्पन्न भएको तेश्रो अधिवेशनले भट्टको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको हो । 

Atrya hospital

उक्त कमिटिको उपाध्यक्षमा नवराज भट्ट, महिला उपाध्यक्षमा चन्द्रा धामी, सचिवमा डम्मर बिष्ट,उपसचिवमा नरेन्द्रसिंह महरा, कोषाध्यक्षमा गगन भण्डारी र सहकोषाध्यक्षमा नरेन्द्रसिंह रावल चयन भएका छन् । 

अधिवेशनले अन्य सदस्यहरु समेत निर्विरोध चयन गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले जानकारी दिए । 

गोपालदत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश कमिटि सदस्य नन्दराम अवस्थी प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update