Sagun Khabar
बैतडीको न्वाघर केन्द्रबिन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको भूकम्प 

बैतडी–बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । 

आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाले बताए । भूकम्पको धक्का बैतडीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । 

Atrya hospital

पौष महिनाको आजसम्म  सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा ४ रेक्टर स्केलमाथिका ६ ओटा भूकम्प गईसकेका छन् । 

पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको प्रमुख तिम्सिनाले बताए । लगातार सानो भूकम्प गइरहेकाले यो क्षेत्रमा जमीनमुनि शक्ति सञ्चय रहेको छ भन्ने कुराको संकेत गरेको उनले बताए । 

स–साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्नेमा तिम्सिनाले जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update