Sagun Khabar
पिएम कप महिला क्रिकेटको सुदूरपश्चिमस्तरीय छनौट प्रतियोगिता बैतडीमा हुने 

बैतडी–प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ ।

पुस १९ गतेदेखि बैतडीस्थित दशरचन्द क्रिकेट मैदान,सुन्दरखालीमा प्रतियोगिता सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । 

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट संघको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ ।

Atrya hospital

टर्फपीचमा खेल गराउदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनौट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए ।

उक्त छनौट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए ।

समूह ए मा कैलाली,कञ्चनपुर,डडेल्धुरा र दार्चुला रहेका छन् भने समूह बी मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

पुस १९ गते हुने उद्घाटन खेलमा समूह बी मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्काे खेलमा डोटी र बझाङ खेल्नेछन् । 

पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्नेछन् ।

पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ ।

पुस २२ गते पहिलो खेलमा समूह ए मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् ।

पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ ।

पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमने–सामने हुनेछन् । पुस २५ गते समूह ए को विजेता र समूह बी को विजेताबीच फाइनल भिडन्त हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

Tiesheet-1735640968.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update