Sagun Khabar
बझाङमा आमाको मृत्युमा बेहोस भएकी छोरीको पनि मृत्यु 

बझाङ–दुर्घटनामा परेर आमाको मृत्यु भएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।

आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै धनगढीमा रहेकी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् । आमाको पार्थिव शरीर देख्ने बित्तिकै बेहोस भएकी रोहणीको मृत्यु भएका आफन्त विश्वप्रकाश जोशीले बताए । 

Atrya hospital

बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराएपछि केही बेर होसमा आएकी रोहणी फेरि बेहोस भएकी थिइन् । बेहोस अवस्थामै जिल्ला अस्पताल चैनपुर पुर्याएकी उनलाई अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जोशीले बताए ।

आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएको हो । सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ । दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमाला र उनकी छोरी छोरी रोहिणीको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो । 

१५ दिनअघि मात्रै रोजगारीका क्रममा दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई समेत गुमाउँदा भावविह्वल बनेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update