बैतडी- बैतडीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोश्रो जिल्ला परिषद सम्पन्न भएको छ । जिल्लाको खोडपेमा शनिबार शिक्षक संगठनको दोश्रो जिल्ला परिषद सम्पन्न भएको हो ।
दिनेश नागरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि विस्तार गरिएको माओवादी केन्द्रका पाटन नगर कमिटि इन्चार्ज एवं उक्त कार्यक्रमका विशिष्ट अतिथि हरिश बिष्टले जानकारी दिए । उपाध्यक्षमा दामोदर सिंह बोहरा, सचिवमा लोकेन्द्र बहादुर चन्द, कोषाध्यक्षमा जयराम सार्की चयन भएका छन् ।
सर्वसहमतीमा कमिटि चयन गरि शिवदत्त ओझाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको बिष्टले बताए ।
एकीकृत अखिल नेपाल सिक्षक सङ्गठन जिल्ला समन्वय समिती बैतडीका कार्यबहाक अध्यक्ष शिवदत्त ओझाको सभाध्यक्षतामा सुरु भएको अधिवेशनका प्रमुख अतिथि एकीकृत अखिल नेपाल सिक्षक सङ्गठनका केन्द्रीय उपमहासचिव एवं प्रदेश इन्चार्ज दल बहादुर कार्की रहेका थिए ।
विशिष्ट अतिथीमा प्रदेश अध्यक्ष खडक मन्नी, प्रदेश बरिष्ठ उपाध्यक्ष धौल सिंह जागरी, माओवादी केन्द्र बैतडीका सयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, प्रदेश कमिटी सदस्य धर्म सिंह ऐर, पाटन नगर इन्चार्ज हरिश विष्ट रहेका थिए ।
संगठनको खुला सत्रमा पार्टीका जिल्ला संयोजक भण्डारीले पार्टीको दृष्टिकोण अनुसार हिड्ने र संगठनलाई फराकिलो र मजवुद बनाउने संगठन आवश्यक रहेको बताए ।