Sagun Khabar
भारतको पिथौरागढमा बालुवाखानीमा च्यापिएर बैतडीका एक युवकको मृत्यु 

बैतडी –बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । 

भारतको पिथौरागढमा काम गर्दै आएका बैतडीको सिगास गाउँपालिका –४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको बालुवाखानीमा च्यापिएर मृत्यु भएको वडा अध्यक्ष हरिसिंह बोहराले बताए । 

Atrya hospital

रोजगारीका लागि दुई महिना पहिलामात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको उनले बताए । घटनाका बिषयमा विस्तृत जानकारी भने नआएको वडा अध्यक्ष बोहराले बताए । 

मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् । कमाउनका लागि भारत गएका साउँद उतै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ । 

घरको कमाउने मान्छेको मृत्युको खबरले उनका घरपरिवार विक्षिप्त बनेका छन् । 
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update