Sagun Khabar
सुदूरपश्चिममा लेखा समूहका कर्मचारी आन्दोलित 
Atrya hospital

कैलाली –सुदूरपश्चिममा लेखा समूहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले विभेदपूर्ण कानुन निर्माण गरेको भन्दै लेखा समूहका कर्मचारी आन्दोलित भएका हुन् । 

लेखा समूहका कर्मचारीले वृत्ति विकासको माग गर्दै आन्दोलनका कार्यक्रमसमेत  घोषणा गरेका छन्। उनीहरुले मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेश सभा सदस्यहरुको तलबभत्तासमेत रोक्ने चेतावनी समेत भएका छन् । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत कार्यरत लेखा समूहका कर्मचारीको बैठकले वृत्ति विकासको मुद्दामा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।  

पौष २५ गतेदेखि लेखाका सबै काम रोकेर पेन डाउन गरेर लेखा कार्यालयमा धर्ना दिने र  आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना कर्मचारीहरुले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update