डडेल्धुरा –डडेल्धुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको अमरगढी नगरपालिका–१ भेटाकी ८० वर्षीया चन्दादेवी ऐर घाइते भएकी हुन् । आफ्नै घरमा आगो ताप्ने क्रममा ऐरले लगाएको कपडामा अचानक आगो लाग्दा उनी जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।
घाइते चदाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १८:१९
प्रतिक्रिया दिनुहोस्