बैतडी–३ सय ३ औं पृथ्वी जयन्तीको अवसरमा बैतडीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
नेपाली सेनाको श्री बक्स गुल्म, गढी ब्यारेक र विरेन्द्र मावि शाहीलेकको संयुक्त आयोजनामा मंगलबार विरेन्द्र मावि शाहीलेकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
‘राष्ट्र निर्माता, राष्ट्रियताको प्रतीक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह’ बिषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत ५ जना छात्र र ५ जना छात्राहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा सहभागी भएका मध्ये उत्कृष्ट पाँच जना छात्र÷छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको श्रीबक्स गुल्मका गुल्मपती, सेनानी मधुसुदन केसीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट भएका छात्रछात्राहरुलाई सेनानी केसीका साथै विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीहरुका इतिहासको बारेमा जानकारी गराउने र वक्तृत्वकलाका माध्यमबाट बालबालिकाहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सेनानी केसीले बताए ।
हरेक बर्ष पौष २७ गतेका दिन पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ । त्यसको पूर्वसन्ध्यामा जिल्लामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।