Sagun Khabar
बैतडीको सुर्नयाका हिक्मत लुहार भारतमा अस्ताए 

बैतडी–बैतडी एक युवकको भारतमा मृत्यु भएको छ । 

रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा बस्दै आएका सुर्नया–७ पत्थरकोटका अन्दाजी ४५ बर्षीय हिक्मत लुहारको मृत्यु भएको हो । 

Atrya hospital

परिवारसहित बेंगलोरमा बस्दै आएका लुहारको सोमबार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । एक्कासी बिरामी भएका लुहारको मृत्यु भएको बताइएको छ । 

मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । 

रोजगारी गर्दै आएका लुहारको मृत्यु भएपछि उनको परिवारको विचल्ली भएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update