बैतडी–बैतडीको सिगास गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीको अध्यक्षतामा बुधबार गाउँ सभा सम्पन्न भएको छ ।
गाउँसभाले विभिन्न निर्णयहरु पारित गरेको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । यसअघि कार्यपालिका बैठकबाट भएका विभिन्न निर्णयहरु गाउँसभाले अनुमोदन गरेको उनले बताए । कार्यपालिकाबाट योजना संशोधन सम्बन्धि भएका निर्णयहरु सभाले अनुमोदन गरेको हो ।
यस्तै सिगास गाउँपालिकाको सञ्चित कोषमा रहेको २ करोड बजेट समेत सभाले विनियोजन गरेको छ । यस्तै बेरुजु फछ्र्याैटका लागि सभाले छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए ।
यस्तै गाउँपालिकाको स्वमूल्यांकन नतिजा गाउँसभाले अनुमोदन गरेको छ । स्थानीय तह संस्थागत स्वमूल्याकंन (लिजा) सिगास गाउँपालिकाले सार्वजनिक गरेको र उक्त नतिजालाई सभाले अनुमोदन गरेको उनले बताए । विभिन्न बिषयगत क्षेत्रमा स्वमूल्यांकन गर्दै गाउँपालिकाले ७७.५० प्रतिशत अंक प्राप्त गरेको छ ।