Sagun Khabar
जिससमा उपसचिवको दरबन्दी, कार्यालय प्रमुखको जिम्मेवारी नायब सुब्बालाई  

बैतडी–जिल्ला समन्वय समितिमा समन्वय अधिकारी उपसचिव हुने व्यवस्था भएपनि नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । 

जिल्ला समन्वय समिति बैतडीका समन्वय अधिकारी गणेशसिंह ऐरीको कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भएपछि कार्यालयमा कार्यरत नायब सुब्बा राजबहादुर धामीलाई समन्वय अधिकारीको जिम्मेवारी दिइएको छ । 

Atrya hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समन्वय अधिकारीको व्यवस्था नहुञ्जेलसम्मका लागि कार्यालयका आर्थिक तथा प्रशासनिक कामहरु गर्न धामीलाई जिम्मेवारी दिएको हो । बढुवा भएर नायब सुब्बा भएका धामीलाई मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी दिएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताए । 

जिल्ला समन्वय समितिमा उपसचिवस्तर र अधिकृतस्तरका कर्मचारीहरु आउन नमान्दा नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिनुपर्ने बाध्यता रही आएको छ । उपसचिव र शाखा अधिकृतहरु आएपनि केही महिनामै सरुवा हुने प्रवृति रहेको प्रमुख धामीले बताए । 

जिल्ला समन्वय समितिमा बजेटको अभाव हुँदा उपसचिव र अधिकृतस्तरका कर्मचारीहरु आउनै नमान्ने प्रवृति रहेको जिल्ला समन्वय समितिका प्रमुख धामीको भनाइ छ । 

जिल्ला समन्वय अधिकारीमा उपसचिवको दरबन्दी भएपनि नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिनुपर्ने बाध्यता रहेको छ । मन्त्रालयले समेत उपसचिव र शाखा अधिकृतहरुलाई खटाउन सकेको छैन् । 

जिल्ला समन्वय समितिमा खटाएका उपसचिव र शाखा अधिकृतहरु छोटो समयमै सरुवा हुने भएकाले समस्या हुने गरेको प्रमुख धामीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update