Sagun Khabar
बैतडीको शिवनाथमा कांग्रेसको वडा सम्मेलन सकियो 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसको वडा सम्मेलन सकिएको छ । 

गाउँपालिकाका ६ ओटै वडामा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

Atrya hospital

वडा सम्मेलनमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, सहसचिव दशरथ चाड, जिल्ला सदस्य कुष्मा चन्द, महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँद, शिवनाथ गाउँपालिका सभापति हिरा चन्द, नेविसंघ अध्यक्ष दिपेन्द्र ढुंगाल लगायतको सहभागिता रहेको थियो । 

वडा सम्मेलनमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्नुका साथै क्रियाशील सदस्यता वितरण गरिएको महाधिवेशन प्रतिनिधि साउँदले बताए । 

नेपाली कांग्रेसको संगठनलाई चलायमान बनाउन, क्रियाशील सदस्यता वितरण गर्न, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यका साथ वडा सम्मेलन गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

नेपाली कांग्रेसको विधान अनुसार जिल्लाका ८४ ओटै वडामा सम्मेलन सम्पन्न गरिने बताइएको छ । अहिलेसम्म दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा वडा सम्मेलन सम्पन्न गरिएको सभापति चन्दले बताए । वडा सम्मेलनपछि पालिका सम्मेलन गर्ने तयारी रहेको उनले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update