Sagun Khabar
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप टी –२० महिला राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टोली घोषणा गरिएको छ । प्रारम्भिक टोलीमा २० जना खेलाडी अटाएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताए । 

टोलीमा बिन्दु रावल, ऋतु कनौजिया, करिश्मा थापा, जानकी थापा, ममता बोहरा, रविना साउँद, अल्फा श्रेष्ठ, सविना नेगी, रेवती धामी, मञ्जु बिष्ट रहेका छन् ।

Atrya hospital

यस्तै शोभा रोकाया, मनिषा बोहरा, चेतना कुँवर, जयन्ती भण्डारी, आशिक महरा, रेजिना जागरी, रविना धामी, गीत चन्द, मनिषा खत्री र कविता कुँवर पनि प्रारम्भिक टोलीमा अटाएका छन् । 

पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको सचिव भट्टले बताए । 

प्रारम्भिक टोलीको आजदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा बन्द प्रशिक्षण शुरु भएको र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टोली सार्वजनिक गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । 

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update