Sagun Khabar
बैतडीको दनपाले ६ ओटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्यो 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले ६ ओटा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको छ । विद्यालय डिजिटाइजेसन कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर वितरण गरेको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

प्रदेश सरकारको सहयोगमा एक शिक्षक एक ल्यापटप उपलब्ध गराउने रणनीति अनुसार ल्यापटप वितरण गरिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । विद्यार्थी संख्या बढी भएका नगरपालिकाभित्रका ६ ओटा विद्यालयहरुलाई ल्यापटप र प्रोजेक्टर वितरण गरिएको हो । 

Atrya hospital

कक्षाकोठालाई प्रविधिमैत्री बनाउनका लागि ल्यापटप र प्रोजेक्टर वितरण गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए । प्रधानाध्यापकहरुलाई ल्यापटप र प्रोजेक्टर वितरण गर्दै उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन आग्रह गरे । 

पहिलो चरणमा निङ्गलाशैनी मावि, देहीमाण्डौं, विरेन्द्र मावि शाहीले, मणिलेक मावि गुरुखोला,कुलौन मावि खतेडी, जोशीबुंगा मावि लमौता र केदार मावि सीम, लोडासौंलाई ल्यापटप र प्रोजेक्टर दिइएको छ । 

प्रति विद्यालय पाँचओटाका दरले ल्यापटप वितरण गरिएको छ भने ४ ओटा विद्यालयमा ३ ÷३  र दुईओटा विद्यालयमा २÷२ का दरले प्रोजेक्टर वितरण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए । 

माध्यमिक तहका बाँकी विद्यालयहरुमा पनि यसै बर्ष ल्यापटप र प्रोजेक्टर वितरण गर्ने योजना रहेको उनले बताए । विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ रहेको छ । 

यस्तै विरेन्द्र मावि शाहीलेकमा यो बर्षदेखि विज्ञान शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालनमा आएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि संघीय  सरकारबाट ३० लाख रुपैयाँ बजेट आएको शिक्षा शाखा प्रमुख भट्टले बताए । 

यो कार्यक्रम क्रमागत भएकाले अर्को बर्ष समेत बजेट आउने उनले बताए । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update