बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा नेकपा (एमाले) का प्रमुख चार वटा जनबर्गीय संगठनहरूको पालिका अधिवेशन सम्पन्न भएको छ । बिहीबार डिलाशैनीमा आयोजित भेलाबाट अनेरास्ववियु, युवा संघ, किसान महासंघ र मुक्ति समाजको अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
एमाले जिल्ला कमिटी सदस्य तथा जनबर्गीय संगठनका डिलाशैनी संयोजक नरेन्द्र नाथको अध्यक्षतामा आयोजित अधिवेशन भेलामा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्टको प्रमुख आतिथी र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको बिशिस्ट अतिथी रहेको थिए । अधिवेशनबाट प्रेम सिंह धामीको अध्यक्षतामा ४९ सदस्यीय किसान महासंघ, रमेश मालको अध्यक्षतामा १७ सदस्यीय अनेरास्ववियु, तेजराज जोशीको अध्यक्षतामा ४१ सदस्यीय युवा संघ र उत्तम औजीको अध्यक्षतामा मुक्ति समाजको पालिका कमिटी चयन गरिएको छ ।
उक्त कार्यक्रममा एक स्वतन्त्र वडाअध्यक्षले नेकपा (एमाले) मा प्रवेश गरेको बताइएको छ । डिलाशैनीको वडा नम्बर ७ का निर्वाचित वडाअध्यक्ष प्रकाशमणी भट्ट, वडा सदस्य गणेशसिंह धामी, वडा नम्बर ६ बाट ०७४ मा निर्वाचित सदस्य कुमार लुहारसहित ३५ जनाभन्दाले एमालेमा प्रवेश गरेको कार्यक्रमका अध्यक्ष नरेन्द्र नाथले बताए । गत महिना वडा नम्बर ५ का निर्वाचित वडाअध्यक्ष तथा डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञ भट्टले एमालेमा प्रवेस गरेका थिए ।